८ मंसिर २०८३, मंगलबार

बसको ठक्करबाट स्कुटरमा सवार एकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १ चैत ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको वीरेन्द्रनगर चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार बाराको परवानीपुर २ मुसहरी गाउँ निवासी १९ वर्षीय राजिव ठाकुर रहेका छन् । उनि स्कुटर पछाडि सवार थिए ।

प्रदेश नम्बर १ ०१००१ ख ३४६४ नम्बरको बसले गएराति विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर ३ ०३०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटर चालक घाइते भएका छन् ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।