८ मंसिर २०८३, मंगलबार

विद्यालयमा साउण्ड सिस्टम बजाउने क्रममा करेन्ट लागेर विद्यार्थीको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, १ चैत ।  बाँकेमा विद्यालयमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । ब्रिटिस इंग्लिस स्कुलका कक्षा ९ मा अध्ययनरत १४ वर्षीय भरत कँडेलको मृत्यु भएको हो ।

विद्यालयमा आयोजित सांस्कृतिक कार्यक्रमको तयारीका लागि साउण्ड सिस्टम बजाउने तयारी गर्दा उनलाई करेन्ट लागेको हो ।

शुक्रबार करेन्ट लागेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा पुराएलगत्तै उनको मृत्यु भएको थियो ।

मृतकका आफन्तले भने विद्यालयको लापर्बाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।