गोरखा, ३० फागुन । । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गोरखा कांग्रेसले आयोजना गरेको कार्यक्रम रोक्न निर्देशन दिएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला प्रमुख अतिथि रहेको शुक्रबारको कार्यक्रमलाई प्रवक्ता शर्माले गोरखा कांग्रेसका सचिव नन्दकृष्ण न्यौपानेलाई फोन गरेर कार्यक्रम रोक्न निर्देशन दिएको स्रोतले जनाएको छ ।
सचिव न्यौपानेले कार्यक्रम तत्काल रोक्न नसकिने बरु छिटो सम्पन्न गर्न सकिने जवाफ शर्मालाई दिएको जनाइएको छ ।
प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, नेता यज्ञबहादुर कार्कीलगायतको पनि सहभागिता रहेको थियो ।
स्रोतका अनुसार प्रवक्ता शर्माले नोबेल कोरोना भाइरसको संक्रमणको जोखिम बढेकाले स्वास्थ्यको विषयलाई हेरेर कार्यक्रम रोक्न दिर्नेशन दिएको गोरखा कांग्रेसका एक नेताले बताएका छन् ।











प्रतिक्रिया