८ मंसिर २०८३, मंगलबार

कांग्रेसले तीनदिन पार्टीको झण्डा आधा झुकाउने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन ।  नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री पूर्णकुमार शेर्माको निधनमा शोक जनाउदै पार्टीको झण्डा तीनदिन झुकाउने भएको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शु्क्रबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शेर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।

शेर्माको फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।