८ मंसिर २०८३, मंगलबार

हतियारसहित बिवाहमा आएका भारतीय पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३० फागुन ।  भारतबाट नेपालमा बिवाहमा सरिक हुन आएका तीन भारतीयलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररियाका २१ वर्षीय अजयकुमार मण्डल, राकेशकुमार साह र १८ वर्षीय आनन्दकुमार मण्डल रहेका छन् ।

बिहिबार राति पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल र गोली बरामद गरेको हो । मोरङको सुनवर्षी नगरपालिका–८ बस्ने श्यामसुन्दर मण्डलका छोरा बब्लुको बिहेमा आएका तीनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहाल नेतृत्वको टोलीले राति ९ बजे पक्राउ गरेको हो।

दाहालकाअनुसार पक्राउ परेका तीनै जना श्यामसुन्दरका आफन्त रहेको खुलेको छ। उनिहरुले शंकास्पद गतिविधी गरिरहेको भन्ने सूचनाका आधारमा नियन्त्रणमा लिएर खोजतलास गर्दा उनिहरुको साथबाट हतियार बरामद भएको प्रहरीले जनाएको छ । उनिहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।