गोरखा, ३० फागुन । गाेरखा जिल्लामा जवरजस्ती करणीको आरोपमा ७७ वर्षीय वृद्धलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
बारपाक सुलिकोट गाउँपालिका-५ जफतीका देबीबहादुर भट्टलाई पक्राउ गरिएको एसपी ओमप्रसाद अधिकारीले बताए ।
१२ वर्षीया बालिकालाई जवरजस्ती करणी प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ललाईफकाई भट्टले विद्यालयबाट फर्कँदै गरेकी बालिकालाई जवरजस्ती करणी गरेको आरोप पीडित बालिकाको परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।











प्रतिक्रिया