काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा नेताहरु निर्वाचनको कसरतरमा लागेका छन् । मन्त्रीदेखि शिर्षस्त नेताहरु अहिले देश दौडाहमा छन् ।
कांग्रेसमा नेतृत्व लिनका लागि आफ्नो पडक बोलियो बनाउन नेताहरु देश दौडाहमा लागेका हुन् । यस्तै, नेपाल सरकारका उपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसमा महामन्त्री प्रकाशमान सिंहले आगामी कार्यकालको नेतृत्व लिन तयार रहेको खुलासा गरेका छन् ।
जिल्ला भ्रमणकै क्रममा कैलालीको लम्की पुगेका उपप्रधानमन्त्री सिंहले आफू पार्टीको नेतृत्व लिन तयार रहेको बताए । उनले सञ्चारकर्मीको जिज्ञासामा आफू पार्टीको १३औँ महाधिवेशनमा सभापतिको आकांक्षी रहेको खुलासा गरेका छन् ।
यस्तै, नेपाल प्रेस युनियन लम्की शाखाले आज लम्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री सिंहले सहमतिका लागि अधिकतम प्रयास भइरहेकाले सहमतिकै आधारमा संविधान जारी हुने उल्लेख गरे ।
उनले प्रतिपक्षमा रहेका पार्टीहरु वार्तामा आएकाले सहमतिको प्रयास भइरहेको बताउँदै विवादित शासकीय स्वरुप, निर्वाचन प्रणाली, सङ्घीयताका विषयमा छलफल भइरहेको जानकारी दिए ।
नेपाली काँग्रेसका महामन्त्री समेत रहेका उपप्रधान मन्त्री सिंहले सहमतिका माध्यमबाट संविधान जारी नभए प्रक्रियामा गएर भए पनि संविधान जारी गरिने बताए ।















प्रतिक्रिया