
कञ्चनपुर, २९ फागुन । आफ्नै १६ वर्षीय छोराको हत्या गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।
भिमदत्त नगरपालिका-२ उल्टाखामका ३९ वर्षीय डम्बर चन्दलाई प्रहरीले पक्राउ गरेको हो । चन्दले आफ्नै छोरा सुवर्ण चन्दको धारीलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
धारिलो हतियार प्रहार गरी गम्भिर घाइते भएका सुवर्णको उपचारको क्रममा महाकाली अस्पताल महेन्द्रनगरमा मृत्यु भएको हो ।
डम्बरले छोराको हत्या गर्नुको कारण खुल्न नसकेको र आवश्यक अनुृसन्धान भइरकेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया