
काठमाडौं, २९ फागुन । मिर्गौला प्रत्यारोपणको एक सातापछि सरकारी निवास बालुवाटार लैजाने तयारी गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्योपचारमा संलग्न डाक्टरहरूले ज्वरोका लागि औषधिको व्यवस्था गरेका छन् । स्वास्थ्यमा थप समस्या छ वा छैन भन्ने जान्नका लागि प्रधानमन्त्रीको पिसाब र रगत पनि परिक्षण गरिएको छ ।
प्रधानमन्त्री बालुवाटार लगेपछि भेटघाट हुने र स्वास्थ्यमा समस्या आउन सक्ने भएपछि तत्कालका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नै राखिने भएको छ ।
प्रधानमन्त्रीलाई मिर्गौला दिने नातामा भान्जी पर्ने समिक्षा संग्रौलालाई भने बुधबारै डिस्चार्ज गरिएको छ । सो क्रममा प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर रहेको जानकारी अस्पतालले दिएको थियो ।











प्रतिक्रिया