
काठमाडौं, २९ फागुन । काठमाडौंको दक्षिणकालीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला खोटाङ पौवापोखरी गाउँपालिका वडा नम्बर ३ घर भई दक्षिणकाली नगरपालिका वडा नम्बर २ पातिंगल बस्ने ३५ वर्षीय नवीन राई रहेका छन्।
राईले सोमबार श्रीमती पुष्पा राईलाई कुटपिट गरी हत्या गरेका थिए । प्रहरीले पुष्पाको शव कोठाबाटै बरामद गरेको हो । राई बंगुर फर्ममा काम गर्दै आएको प्रहरीले बताएको छ ।
राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया