८ मंसिर २०८३, मंगलबार

घरभित्रै हत्या गरिएको अवस्थामा महिलाको शव फेला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम, २९ फागुन ।  आठराई खगाउँपालिका ४ ईवामा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

२८ वर्षीया विन्दा पुरीको आफ्नै घरमा हत्या भएको अवस्थामा बिहीबार बिहान शव फेला परेको हो। मृतकको शव पोष्टर्माटका लागि प्राथमिक स्वास्थ्य केन्द्र आठराई ल्याइएको छ।

विन्दाका श्रीमान् वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा छन् । मृतकका दुई १० वर्षीय र १५ महिनाका छोरा रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।