८ मंसिर २०८३, मंगलबार

कांग्रेस अनुशासन समिति सदस्यबाट चौधरीले दिए राजीनामा

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन ।   कांग्रेस अनुशासन समितिबाट समितिका सदस्य उमाकान्त चौधरीले राजीनामा दिएका छन् ।

चुनावमा पार्टीमा अन्र्तघात गरेको र आफ्नै पार्टीका व्यक्तिलाई हराउन भूमिका खेलेको भन्दै पार्टीले गोविन्दराज जोशी, कञ्चनपुर सभापति कर्ण मल्ल, कैलालीका नेता पुष्करनाथ ओझामाथिको कारबाहीको सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै चौधरीले अनुशासन समितिबाट राजीनामा दिएका हुन् ।

मल्ल, जोशी र ओझालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्तावमा असहमति जनाउँदै कांग्रेस चौधरीले राजीनामा दिएका हुन् ।

चौधरी कृष्ण सिटौलाको सिफारिसमा अनुशासन समिति सदस्य भएका थिए।