८ मंसिर २०८३, मंगलबार

ओखलढुंगामा जिप दुर्घटना, १२ घाइते, २ को अवस्था गम्भिर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, २९ फागुन ।  ओखलढुंगाको मानेभञ्ज्याङमा बिहिबार बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन भने दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

वीरगन्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश ३–०१२२ च ३१८३ नम्बरको जिप सडकदेखि १ सय ५० मिटर तल खसेको हो।

जिप चालक अनिलकुमार सहनी र सुगन्भीदेवी मुखिया गम्भिर घाइते भएका छन् । घाइतेहरुको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।