८ मंसिर २०८३, मंगलबार

थवाङमा भेटियाे दुइबोरा सकेट बम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

राेल्पा, २९ फागुन । रोल्पाको थवाङमा बेवारिसे अवस्थामा रहेको सकेट बम फेला परेको छ ।

थवाङ गाउँपालिका ३ मिरुलको राँपा जंगलमा बोरामा बेरेर राखेको अवस्थामा दुइबोरा सकेट बम फेला परेको हो ।

घाँस काट्न जंगल गएका स्थानीयले कुहिएको बोरामा ठूलो मात्रामा सकेट देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि मिरुलको टुटुमा रहेको रानागाउँ चौकीबाट गएको प्रहरीको टोलीले चेक जाँच गर्दा सकेट बम भएको निश्चित गरेको थियो ।

हाल सकेट बमलाई प्रहरीले सुरक्षा दिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए । सकेट बम र बोरा सडेको तथा पुरानो भएकाले सशस्त्र द्वन्द्वताका कसैले जंगलमा छाडेको हुन सक्ने प्रहरीले जनाएको छ ।