
काठमाडौं, २८ फागुुन । राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा सभामा अध्यक्ष कमल थापाले हिन्दु ग्रन्थ गीता छोएर कसम खाँदै अब पार्टी फुट्न नदिने बताएका छन् ।
बुधबार भएको घोषणा सभामा थापाले एकीकरणका बेला नै फुट्छ भन्ने सोच कार्यकर्तामा नहुनेगरी नै अघि बढ्ने बताए ।
एकीकरण भएको केही समयमा नै विगतमा पार्टी विभाजनको श्रृङ्खलाका कारण यस्तो आशंका स्वभाविक हुने बताएका थापाले अब त्यसो नहुने र त्यस्तो सोच नराख्न पनि कार्यकर्तालाई आश्वस्त पारे ।
सामूहिक नेतृृत्वमा पार्टी चल्ने बताउँदै उनले आगामी दिनमा हिन्दू राष्ट्र र राजसंस्थाको परिकल्पनामा नै अघि बढ्ने पनि बताए । एकीकरणपछि राप्रपाको सामूहिक नेतृत्वमा थापासहित पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी पनि रहनेछन् ।











प्रतिक्रिया