
काठमाडौं, २८ फागुन । अघिल्लो साता मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार साँझसम्म डिस्चार्ज गर्ने तयारी भएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य रेकीमा राखिएका प्रधानमन्त्री ओलीलाई बालुवाटारमा आइसोलेशन कक्ष तयार पारी डिस्चार्ज गर्न लागिएको हो ।
उनले कम्तिमा अझै तीन हप्तासम्म हिँडडुललगायतका अन्य सक्रिय काममा सहभागीता जनाउन पाउने छैनन् । १९ फागुनमा उनी मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार बुधबार आउने स्वास्थ्य रिपोर्टका आधारमा डिस्चार्ज हुनेछ । प्रत्यारोपण र स्वास्थ्य जाँचमा संलग्न भएका चिकित्सकले पनि एक सातासम्म अस्पतालमा राखेपछि घर लैजान सकिने तर आरामको व्यवस्था हुनुपर्ने बताउँदै आएका थिए ।











प्रतिक्रिया