
काठमाडौं, २८ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर मनहरामा रहेको घरमा भएको विस्फोटको भत्र्सना गरेका छन् ।
नेकपाका तर्फबाट विज्ञप्ति जारी गर्दै बुधबार उनले भनेका छन्,‘हाम्रा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमरेड गोकुलप्रसाद बास्कोटाको भक्तपुरस्थित निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति गरेकोछ । म पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु ।’
उनले विस्फोट गराउनलेलाई पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
बास्कोटाको मनोहरास्थित निवासको कम्पाउन्डभित्र बुधबार बिहान गराईएको विस्फोटबाट कम्पाउन्ड, रोकिराखेको भ्यानसँगै छिमेकीको घरमा क्षति पुगेको थियो । विस्फोटको जिम्मा विप्लव समूहले लिएको दाबी गरिएको छ ।











प्रतिक्रिया