काठमाडाैं, २८ फागुन । प्रहरीले गृहमन्त्रालयमा कार्यरत एकजना कर्मचारीलाई जातीय छुवाछुत गरेको आरोपमा पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा गृहमन्त्रालयमा कार्यरत श्रीकृष्ण बिडारी रहेका छन् । उनकी श्रीमती राधिका विडारीलाई पनि पक्राउ परेकी छिन् ।
उनीहरूमाथि दलित विद्यार्थीलाई दलित भएकै आधारमा घरबाट निकाल्न खोजेको आरोप लागेको छ । पीडित छात्राले चार दिनअघि बालाजु प्रहरीमा निवदेन दिएकी थिइन् ।
सोही निवेदनका आधारमा उनीहरू पक्राउ परेको बालाजु प्रहरीले जनाएको छ । बालाजु नेपालटार घर भएका बिडारी गृहमन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत रहेका थिए ।
उनी मंगलबारमात्रै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा भएका छन् ।











प्रतिक्रिया