काठमाडौं, २८ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अडियो सार्वजनिक भएपछि मन्त्री पद गुमाउन पुगेका तत्कालीन सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको निवासमा बम विष्फोट भएको छ ।
भक्तपुर जिल्लाको लोकन्थलीस्थित आँखा अस्पताल नजिकै रहेको बास्कोटाको घरको गेटमा अपरिचित समूहले बुधबार बिहान कुकर बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।
बम बुधबार बिहान करीव साढे सात बजेको आसपासमा बिस्फोट भएको थियो ।
कुकर बम विष्फोटबाट पूर्वमन्त्री बास्कोटाको निवासको गेटमा क्षति पुगेको छ । छिमेकीको घरका झ्यालका सिसाहरू पनि फुटेका छन् ।
कुकर बम विष्फोट हुँदा एउटा गाडीमा क्षति पुगेको छ । बम कसले विष्फोट गराएको हो खुल्न सकेको छैन । प्रहरीले बम विष्फोट भएको क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।











प्रतिक्रिया