८ मंसिर २०८३, मंगलबार

कोरोना संक्रमण भयो ? सरकारले लाँदैन, आफैं जानुपर्छ क्वारेन्टाइन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । कोरोना संक्रमण भएको आशंका लागेका नागरिकलाई सरकारले क्वारेन्टाइनमा नलैजाने, आफैं जानुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् ।

मंगलबार राष्ट्रिय युवा संघको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले चीनको बुहानबाट ल्याइएका नेपालीलाई जस्तोगरी सुविधा दिन नसक्ने तर अन्य सुविधामा भने सरकार साथसाथ रहेको बताए ।

संक्रमण भएको आशंका लागे के गर्ने भन्ने विषयमा जानकारी दिने काम सरकारले गरेको र भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा आफैं जानुपर्ने ढकालको भनाई थियो ।

सरकारले प्रतिबन्ध गरेका आठ मुलुकबाट फर्किएका नेपालीले आफूलाई कोरोनाको शंका लागेको खण्डमा क्वारेन्टाइनमा आफैं जानुपर्ने तर औषध उपचारको जिम्मा भने सरकारले नै लिने ढकालले बताए ।