
कठमाडौं, २७ फागुन । सभामुख अग्निप्रसाद सापकोटा र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
नवनियुक्त राजदूत क्वात्राले मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो।
दुई देश कोरोना भाइरसको संक्रमणसंग सर्तकताका साथ लडिरहेको भन्दै सभामुख र राजदूतले प्रशंसासमेत गरेका थिए ।
नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्राकृतिक सम्बन्ध भएकोले सरकार—सरकार, संसद्—संसद् र जनता—जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।











प्रतिक्रिया