८ मंसिर २०८३, मंगलबार

करोडौं ठगीको आरोपमा फरार रहेका भेटवालद्वारा आत्मसमर्पण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, २७ फागुन ।  ठगीको आरोपमा फरार रहेका नटरवाल जलेश्वर सोछन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

मंगलबार बिहान महानगरीय प्रहरी परिसर टेकुमा पुगेर उनले आत्मसमर्पण गरेका हुन्। काठमाडौंको पूरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका मुख्य ठेकेदार भेटवाल फरार रहेका थिए ।

भेटवालमाथि अहिलेसम्म ७५ लाख १० हजार ठगी गरेको चन्द्र सिंह धामीले उजुरी गरेका छन्। तर उनले करोडौं ठगेको आशंका गरिएका छ। उनीविरुद्द सिआईबिमा समेत ठगिको जाहेरी परेको छ।

बैकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेर आजै अदालतमा म्यादथप्ने तयारी गरिएको छ।