८ मंसिर २०८३, मंगलबार

बालिकालाई सुतिरहेकै ठाउँबाट लग्यो चितुवाले

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी , २७ फागुन ।  मंगलबार बिहान चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ ।

मेलौली नगरपालिका- ९ का पदमराम लुहारकी ८ वर्षीय छोरी सीता लुहार सुतिरहेको समयमा चितुवाले आक्रमण गरि लिएर गएको प्रहरीले जनाएको छ ।

सीताको शव ५ सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।