
गोरखा, २७ फागुन । गोरखामा मंगलबार बिहान जीप दुर्घटना भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर भएको छ ।
बारपाक सुलीकोट-४ रञ्चोकबाट गोरखा सदरमुकामका लागि छुटेको बा १५ च १०१६ नम्बरको जीप मंगलबार बिहान सात बजे छहरेखोलाको भीरबाट खसेको हो ।
घाइते हुनेमा १९ वर्षकी बिमला गुरुङ, २० वर्षकी रमा गुरुङ, ३३ वर्षका श्रीमान गुरुङ, ६० वर्षका पुतबहादुर गुरुङ, ६० वर्षकै क्षेत्रकुमारी गुरुङ र ३७ वर्षका टेकमान गुरुङ रहेका छन्। उनीहरुमध्ये विमला, रमा र श्रीमानको अबस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुकबहादुर विकले जानकारी दिए।
प्रहरीका अनुसार छहरे खोलाबाट करिब दुईसय मिटर तल पुगेको छ।











प्रतिक्रिया