
काठमाडौं, २७ फागुन । सोमबार राजधानी लगायत पहाडी भेगमा मनाइएको होली पर्व मंगलबार तराईका जिल्लाहरुमा मनाईदैछ । रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट मनाइने गरिन्छ ।
जनकपुरबाहेक तराईमा आज धुमधामका साथ होली पर्व मनाईंदैछ । जनकपुरमा भने भोली मात्र होली मनाउने तयारी छ ।
१५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परम्परा अनुसार जनकपुरमा तराईका अरु ठाउँभन्दा एकदिन ढिलो होली मनाउने गरिन्छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेली मनाउने चलन छ ।
होली पर्वसँग त्रेतायुगमा हिरण्यकश्यपुले आफ्ना छोरा प्रह्लादलाई मार्न आगोले नजलाउने क्षमता भएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादसहित दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर प्रह्लादलाई केही नभएको कथा जोडिन्छ ।











प्रतिक्रिया