८ मंसिर २०८३, मंगलबार

प्रहरीले गोली चलाउँदा १ गम्भिर घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २५ फागुन ।  पूर्वी नवलपरासीको कोल्हुवामा प्रहरीले गोली चलाउदा गोली लागि एक गम्भिर घाइते भएका छन् । प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

घटनामा स्थानीय प्रेम महतो गम्भिर घाइते भएका छन् भने मुना महतो र सुरज महतो पक्राउ परेका छन् ।

कोल्हुवा बजारमा शनिबार राति ड्युउटीमा रहेका कोल्हुवा प्रहरी चौकीको टोलीले भित्री सडकमा चेक गर्ने क्रममा मादक पदार्थ सेवन गरी एउटै मोटरसाइकलमा आएका उनीहरुले प्रहरीलाई हातपात र खुकुरी प्रहार गरेपछि आत्मरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ ।