काठमाडाैं, २५ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वरले कोरोनाका कारण नेपालमा सिर्जित समस्याको प्रतिवाद गर्न सरकार प्रतिबद्ध भएर लागिरहेको बताएका छन् ।
नेपाली रेडियाे नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाेखरेलले अहिले देशमा उत्पन्न समसया कुनै एक दल र सरकारको मात्रै नभएकाले सरकारले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिरहेको बताए ।
उपप्रधानमन्त्री पोखरेलले कोरोना संक्रमणबाट बच्न गर्नुपर्ने पूर्व तयारीमा सरकार लागिरहेको बताए । उनले बजारमा सिर्जित गरेको समस्याका विषमा पनि सरकारले कारवाही अगाडि बढाएको बताएका छन् । उनले सरकारले अपनाएको सावधानीमा सवैको साथ र सहयोग भएको खण्डमा संकटको प्रतिवाद गर्न कठिन नहुने बताए ।
पोखरेलले नेपालमा अहिलेसम्म काेराेनाको संक्रमण नभेटिए पनि जोखिम उच्च नै रहेकाले सरकारले सार्वजनिक कार्यक्रमहरू स्थगित गराएको जानकारी दिए ।
उनले देशलाई संकट परेको समयमा असहयोग गर्ने व्यापारी माथि कारवाहीको प्रक्रिया सुरुभएको जानकारी दिए ।
सामाजिक अपराध गर्ने र बातावरणलाई भयभित बनाउने जो कसैले पनि दण्डित हुनुपर्ने पाेखरेलले बताए । कृतिम अभाव सिर्जन गर्ने र मूल्य बढाएर बेच्नेलाई सरकारले नछाड्ने उनकाे भनाइ छ ।
उनले यसअघि यस्ताे समस्या नआएकाले उत्पादन कम हुँदा बजारमा मास्कको अभाव र कालोबजारी बढेको बताए ।
त्यस्तो कालोबजारी गर्ने केहीलाई नियन्त्रणमा समेत लिइएको उनले बताए । पोखरेलले राज्यले अनुदान दिएर भएपनि मास्कको उत्पादन बढाउन उद्योगपतिहरूलाई भनिसकेको बताए ।
उनले कोरोना संक्रमण भएका मुलुकमा नेपालीहरूलाई जान रोक लगाइएको र हवाइ उडानलाई पनि त्यही हिसावमा निगरानीमा राखिएको बताउँदै भारतबाट नेपालमा संक्रमण आउन सक्ने विषयलाई मध्य नजर गरेर भारत सरकारसंग छलफल गरी दुवै देशले सीमा क्षेत्रमा कडाइ गर्ने बताए ।
पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवस्यक उपकरण र जनशक्ति थपेर विदेशबाट नेपाल आउने नागरिकलाई परीक्षणमा कडाइ गरिएको बताए ।
‘अबदेखि विदेशबाट आउने सवैले कोराना भए नभएको प्रमाणपत्र देखाउनुपर्छ’, पाेखरेलले भने, ‘सीमा नाका हुँदै भारतबाट आउनेहरुका लागि पनि परीक्षण गरेर क्वारेन्टाइमा राख्ने व्यवस्था मिलाइएको छ । अरु धेरै अस्पतालमा थप आइशोलेसनको व्यावस्था गरिएको छ ।’











प्रतिक्रिया