
डोटी, २४ फागुन । डोटीमा साताैँ पटक हिमपात भएको छ । जिल्ला सदरमुकाम नजिकै बाक्लो हिमपात भएको हो ।
डोटीसहित यहाँका अन्य पहाडी जिल्लाहरु बझाङ, बाजुरा, अछाम तथा डडेल्धुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा मात्रै कम्तीमापनि दुई फिट हिमपात भएको छ । हिमपात भएसंगै जनजीवन प्रभावित भएको छ ।
कृषकमा भने हिमपात भएसंगै बाली सप्रनेमा खुशी भएका छन् ।











प्रतिक्रिया