८ मंसिर २०८३, मंगलबार

राजधानी लगायत आसपासका यी स्थानमा आज र भोलि बत्ती जाने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन ।  राजधानीका केहि स्थानमा आज र भोलि बत्ती जाने भएको छ । ललितपुरको फर्सीडोल, डुकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेत लगायतका ठाउँमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म बत्ती जाने भएको हो ।

पाटन फर्पिङ फिडरबाट वितरित ११ के भी लाइन अपग्रेडिङ गर्नुपर्ने भएकोले आज र भोलि आइतबार विद्युत कटौती गर्न लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस्तै काठमाण्डौको जोरपाटी वितरण केन्द्रको डाँछी फिडरअन्तर्गत दक्षिण ढोका क्षेत्र, ग्रिन हिल सिटी र माकलबारी क्षेत्रतिर पनि आज बत्ती जाने भएको छ ।

सडक विस्तारको काम भैरहेकाले तार सार्न बिहान ९ देखि बेलुकी ५ बजेसम्म विद्युत कटौती गर्न लागेको प्राधिकरणले जनाएको छ