काठमाडौं, २४ फागुन । देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
देशको पश्चिमी भू-भागका केही स्थानमा लगाएत मध्य र पू्र्वी भू-भागका थोरै स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमा देशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्, हावाहुरी, असिनासहित वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार तीनदिन मेघ गर्जन, चट्याङ, सहित वर्षाको सम्भावना रहेको छ।
शनिबार देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्, हावाहुरी, असिनासहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।











प्रतिक्रिया