२९ आश्विन २०८३, बिहिबार

तमु प्ये ल्हु संघ यूएईको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tamu 3   यूएई । तमु प्ये ल्हु संघ यूएईको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले समाजसेवी तथा बुद्दिजिबी मुक्ती टु क्ल्हेप्री तमुको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।

गत शुक्रबार दुबई स्थित जबिल पार्कमा आयोजित तमु प्ये ल्हु संघ यूएईको तेस्रो अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको महासचिव भिम लम् तमुले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाललाई १४ सदस्यीय चयन भएका छन् । बाँकी ७ सदस्यहरु आगामी पहिलो बैठकले पूर्ण गर्नेछ । तेस्रो अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ओम पहच्यु तमु, उपाध्यक्षमा राकेश लेम तमु, महासचिबमा भिम लम तमु ‘सविनयू’, सचिबमा सपना टु क्ल्हेप्री तमुस्यो र मिन पहच्यु तमु, प्रबक्तामा गंगा को क्ल्हेप्री तमु, कोषाध्यक्षमा मनु भ्लोव्लो तमु, सह–कोषाध्यक्षमा, नन्द क्रोम्छे तमुस्यो चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा योम म्हौछे तमु, लाल सुब्बा थिमे तमु, उषा कोन्मे तमुस्यो, कलिमाया क्रोम् तमुस्यो, नानु टु क्ल्हेप्री तमुस्यो चयन भएका छन् ।

Tamu 4निबर्तमान अध्यक्ष एकजङ प्ल्हेमे तमुको सभापतित्वमा सम्पन्न अधिबेसन दुई चरणमा गरेको थियो । अधिवशेनको उद्घाटन पहच्यु तमु संस्कार अनुसार सिउडी धुप क्होईबोको प्रतिमुर्तीमा जलाइदै सभापतिको साथमा प्रमुख अतिथि, बिशेष अतिथीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

मुक्ती टु क्ल्हेप्री तमुले स्वागत मन्तब्य दिदै संघका निबर्तमान अध्यक्ष एकजङ प्ल्हेमे तमुले दुई बर्षे कार्यकालको प्रगती प्रतिबेदन पेश गर्दै छोटो समयमा तमु प्ये ल्हु संघ युएईले स्वादेशमा सेती नदी बढी पीडित, तीन जना किड्नी बिरामी, गत बर्षको थेबा त्हें, एकजङ प्लेमे तमु अगुवाईमा तङ्तिङमा र मुक्ती टु क्ल्हेप्री तमुको अगुवाईमा लम्जुङको घले गाँउमा खेगी चोंगी भेला, त्यसै गरी महेश लेम तमुको अगुवाईमा तमु प्ये ल्हु संघ केन्द्रिय संस्कृतिक युवा टोली गत बर्ष उतरीपस्चिम लम्जुङ भेगमा सास्कृतिक अभियान तथा प्रचार प्रसार गराएका थिए ।

tamu2गत अक्टोबरमा युएईबाट मिना तमुस्योलाई उद्दार गर्न टिकाट लागि अर्थिक सहयोग गरेको बताउदै पहिलो चरणको कार्यक्रम समापन गर्दै कार्यसमिती बिघटन गरेको थियो ।

दोस्रो चरणको कार्यक्रम भने नयाँ कार्यसमिती चयनका लागि भुपु कर्णेल सुबिराज चाम्रु तमुको अध्यक्षमा तीन सदासिय अध्यक्ष मंडल गंठन गरेको थियो ।

जसमा यम प्रसाद केप्छे तमु र राजु तमु रहेका थिए भने कार्यक्रम राजु तमुले संचालन गर्दै उपस्थित सम्पूर्णलाई आफ्नो उमेदवारी दिन आग्रह गरेको थियो । सोही अध्यक्ष मंडलले मुक्ती टु क्ल्हेप्री तमुको अध्यक्षता २१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।

अध्यक्ष मंडलका तिनै जना सदस्यले नवनिर्वाचित कार्यसमितीलाई बधाई तथा शुभकामना दिदै मंडलका अध्यक्षले बिबिध समिक्षा सहित अधिवेशन समापन गरेको थियो ।

tamu1सोही अधिबेसनमा तमुहरुको एतिहासिक तथा पर्यटकिय गाँउ तङ्तिङ क्होईबो निर्माणका लागि तमु प्ये ल्हु संघ युएई शाखाले रु३ लाख २५ हजार मात्र संकलन गरिएको जानकारी गर्दाछौ साथै केही बुद्दिजिबी समाजसेबीबाट छुट्टै चन्दा दिने प्रतिबद्दता जाहेर गरेका छन् ।

पहिलो चरणको कार्यक्रम महेश लेम तमुले संचलान गर्दै प्रमुख अतिथी संघका प्रमुख संरक्षक भुपु कर्णेल सुबिराज चाम्रु तमु, तमु समाज युएईका प्रमुख संरक्षक तथा तमु प्ये ल्हु संघ युएईको प्रमुख सल्लाकार बिशेष अतिथी यम प्रसाद केप्छे तमु, तमु समाज युएईका बारीष्ठ सल्लाकार तथा तमु प्ये ल्हु संघ युएईको सल्लाकार राजु तमु, तमु समाज युएईका बरिष्ठ उपाध्यक्ष तथा तमु प्ये ल्हु संघ युएईको सल्लाकार नारायण तमु तमु समाज युएईका महिला सल्लाकार रुपा केप्छे तमुस्यो, लम्जुङ संपर्क समिती युएई अध्यक्ष तथा तमु प्ये ल्हु संघ युएईको सल्लाकार राजु घले, बयोवृद्ध आमा गंगामती तमुस्यो साथै तमु संकृतिबिद्द तथा बुद्धिजिबी समाजसेबी टक लम तमु लगायतका अतिथिहरुको उपस्थित रहेका थिए ।