८ मंसिर २०८३, मंगलबार

टेकुबाट भागेका कोरोना आंशका गरिएका व्यक्ति बिपी प्रतिष्ठानको आइसोलेसनमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेका कोरोनो भाइरस संक्रमणको आंशका गरिएका व्यक्ति धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

धरान घर भएका ३९ वर्षीय विशालपथका कहि दिनअघि मात्रै कोरियाबाट नेपाल आएका हुन् ।

कोरोना आशंका गरिएको व्यक्ति अस्पतालबाट फरार भएको सूचना बाहिर आएपछि प्रहरीले उनको खोजी अगाडि बढाएको थियो।

प्रहरीले उनको मोबाइललाई ट्रयाक गर्दै उनी भएको स्थान पत्ता लगाएको थियो।