८ मंसिर २०८३, मंगलबार

बालकलाई यौन दुर्व्यवहार गर्ने अष्ट्रेलियन नागरिक पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन ।  बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक अष्ट्रेलियन नागरिक पक्राउ परेका छन् ।

गोकर्णेश्वर नगरपालिका ९ आरुबारीबाट अष्ट्रेलिया मेलवर्नका ५८ वर्षीय गोन्दुक रिम्पुछेलाई प्रहरीले पक्राउ गरेको हो।

कदम्बा बौद्व प्रतिष्ठानका अध्यक्षसमेत रहेका रिम्पुछेले १५ वर्षीय बालकलाई पढाउन भन्दै राखेर यौन शोषण गर्ने गरेको खुलेको होे । बालकका परिवारको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप गरिएको  प्रहरीले जनाएको छ।