
जाजरकोट, २३ फागुन । सडक निर्माणको काममा घुस माग्ने गाउँपालिका अध्यक्ष र वडाध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
बिहीबार अख्तियारले जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनिहरुले सडक निर्माणका लागि २५ लाख ५० हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । घुस रकम बराबरको बिगो मागसहित अख्तियारले मुद्वा दायर गरेको हो ।











प्रतिक्रिया