
दैलेख, २३ फागुन । आफ्नो श्रीमतीको हत्या गर्ने श्रीमानलाई अदालतले २० वर्षको कैद र एक लाख रुपैँया क्षतिपूर्ति तोकेको छ ।
दैलेख जिल्ला अदालतले २३ वर्षीया रत्ना रावतको हत्या गरेको कसुरमा सुर्खेतको लेकबेसी नगरपालिका ८ साटाखानीका ३० वर्षीय नवलसिंह बिरकट्टालाई अदालतले यस्तो फैसला गरेको हो ।
जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले बिहीबार हत्या कसुरमा फैसला गरेको हो । भागेर विवाह गरेकी रत्नाको २०७६ जेठ ९ गते बिरकट्टाले हत्या गरेका थिए ।
रत्नाबाट सन्तान नभएकाले यसबाटै मनमुटाव सुरु भएर हत्यासम्म पुगेको देखिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया