८ मंसिर २०८३, मंगलबार

भक्तपुरमा मानव कङ्काल फेला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २२ फागुन ।  भक्तपुरमा मानव कंकाल फेला परेको छ । मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कङ्काल भेटिएको हो ।

स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने क्रममा बुधबार मानव कङ्काल भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

उनले मानव कङ्कालमा रहेको पुरुषको लुगा, टाउको र अन्य शरीरको अङ्गहरुको टुक्रा भेटिएको र कसको कङ्काल हो भन्ने पहिचान हुन नसकेको जानकारी दिए । कंकालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।