८ मंसिर २०८३, मंगलबार

गेट वेल सून पिएम !

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । मिर्गौला प्रत्यारोपणका लागि अप्रेशन थिएटरमा लगिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारको कामना गर्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सर्वसाधारणले प्लेकार्ड प्रस्तुत गरेका छन्– गेट वेल सून पिएम !

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराइरहेका प्रधानमन्त्री ओलीको तस्बिरसहितको प्लेकार्डमा युवायुवतीहरूले यस्तो कामनासहितको सन्देश लेखेका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका विषयमा देश र विदेशबाट विभिन्न उच्च तहका प्रमुख, कार्यकारी प्रमुखलगायतले पनि चासो राख्दै प्रत्यारोपण सफलताको कामना गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीका लागि सचिवालय बैठकले आइतबारै स्वास्थ्योपचार सफल होस् भन्दै निर्णय गरेको थियो ।

बुधबार प्रत्यारोपणअघि भने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्रिवि शिक्षण अस्पतालै पुगेका थिए ।