
काठमाडौं, २० फागुन । नेपालका दोस्रा जगतगुरु सिद्धबाबा उपनामले चिनिे कृष्ण गिरीलाई अनुयायीसँगको रासलिलाले बस्दै आएको धार्मिक पिठ बराहक्षेत्र नजिकै झुमकामा रहेको क्षेत्रीय कारागारको बन्दी बनाएको छ ।
उच्च अदालत बिराटनगरको आदेशअनुसार उनलाई मंगलबार पूर्पक्षका लागि थुनामा पठाइएको छ । आदेश आएका दिन गिरी भारत भागेको भन्ने चर्चा थियो तर मंगलबार जिल्ला अदालतमा उपस्थित भएका थिए ।
अदालतको फैसलाबमोजिम उनलाई क्षेत्रीय कारागारमा थुनामा राखिएको प्रहरीले जनाएको छ । एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको भनी प्रहरीमा उजुरी गरेपछि उक्त मुद्दा जिल्ला अदालत हुँदै उच्च अदालतसम्म पुगेको थियो ।
जिल्ला अदालत सुनसरीले धरौटीमा छाडेपछि गिरीविरुद्ध पीडित महिला उच्च अदालत पुगेकी थिइन् । उच्चले भने धरौटीमा छाड्ने आदेश खारेज गर्दै पूर्पक्षका लागि थुनामा राख्ने अर्को आदेश जारी गरेको थियो ।
पूर्वकै चर्चित मानिने उक्त कारागारमा अन्य अपराधका कैदीबन्दी जस्तै गिरीले पनि दिन काट्नुपर्ने हुन्छ । अदालतको फैसला नआउन्जेल गिरी सोही कारागारमा कैदीका रुपमा रहनेछन् ।











प्रतिक्रिया