८ मंसिर २०८३, मंगलबार

जुवा खालबाट ७ पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २० फागुन ।   जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दाङ दाङको संयुक्त टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शान्तिनगर गाउँपालिका ३ महादेश चौतारीका रहेको शुकबहादुर बुढाको घरका जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा शान्तिनगर गाउँपालिका ३ का शुकबहादुर बुढा, भिमबहादुर कँडेल, मिनबहादुर घिमिरे, चेतानन्द बस्नेत, बसन्त थापा, यमबहादुर केसी र तुलसीपुर उपमहानगरपालिका ८ का प्रेम बिक रहेका छन् ।

उनिहरुको साथबाट प्रहरीले एक लाख १६ हजार पाँचसय नगदसमेत बरामद गरेको छ । उनिहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।