
सुनसरी, २० फागुन । बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन् ।
गत माघ ९ गते उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पनि भारततर्फ भागेका उनी आज अदालतमा उपस्थित भएका हुन् ।
उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो ।
उनलाई आजै कारागार चलान गर्ने तयारी रहेको छ ।











प्रतिक्रिया