
काठमाडौँ, २० फागुन । राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आजबाट सकिँदै छ । कार्यकाल सकिनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाको पनि आजबाट कार्यकाल सकिँदै छ । भोलिदेखि राष्ट्रिय सभामा कांग्रेसका ६ जना मात्रै सांसद रहनेछन् । राजपाका दुई र समाजवादी पाएका एकजना सांसद रहनेछन् भने बाँकी नेकपाका रहनेछन् ।
यसैबीच सोमबार दिउँसो २ बजे बस्ने राष्ट्रिय सभाको बैठकअघि नयाँ बानेश्वरमा सामूहिक फोटो सेसन हुने भएको छ ।











प्रतिक्रिया