हलिउड । हलिउडका चर्चित निर्देशक स्टिवन स्पिलवर्गकी छोरी मिकायला जर्जले हालै पोर्न स्टारको रूपमा आफ्नो करिअर सुरु गर्ने घोषणा गरेकी थिइन् ।
यो घोषणाले चर्चामा आएकी उनी अहिले फरक कारण फेरि चर्चामा आएकी छन् । मिकायलालाई घरेलु हिंसाको आरोपमा पुलिसले हिरासतमा लिएको छ ।
खबरअनुसार मिकायलालाई शनिबार बिहान घरेलु हिंसाको अपराधमा गिरफ्तार गरिएको हो । त्यो समय उनी पति चक पैनकोवसँग बस्दै आएकी थिइन्। चक एक पेसेवर खेलाडी हुन् ।
चकले पनि यो खबरको पुष्टि गरेका छन्। तर उनले मारपिटबारे पूरा जानकारी भने दिएका छैनन् ।
मिकायलाले हालै एडल्ट इन्टरटेनमेन्ट इन्डस्ट्रीमा आफ्नो करिअर बनाउने घोषणा गरेकी थिइन् । मिकायलाले आफूले एडल्ट भिडियो बनाउन शुरू गरेको पनि बताएकी थिइन् । उनका पिता यो विषयलाई लिएर निकै चिन्तित छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस