८ मंसिर २०८३, मंगलबार

प्रचण्डमाथि जुत्ता प्रहार : घटना छानविनका लागि ३ सदस्यीय समिति गठन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १९ फागुन ।    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डमाथि आइतबार जुत्ता प्रहार भएको घटनाको छानविनका लागि ३ सदस्यीय समिति गठन गरिएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाको नेतृत्वमा सोमबार ३ सदस्यीय छानबिन समिति गठन गरिएको हो । छानबिन समितिमा थापासहित डीएसपी होबिन्द्र बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिमिल्‍सिना रहेका छन्।

आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा भरत मोहन अधिकारी फाउन्डेशनको कार्यक्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । प्रचण्डलाई २२ वर्षीय युवक रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए। रतन नेत्रविक्रम चन्द विप्लव समूहका समर्थक रहेको खुलेको छ।