८ मंसिर २०८३, मंगलबार

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणबारे अस्पतालका निर्देशकलाई नै पत्तो छैन !

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १९ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुँदै छन् । आगामी बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणको तयारी भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीको बुधबार मृगौला प्रत्यारोपण गर्ने औपचरिक जानकारी आइतबार दिइएको छ । तर, प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गर्ने भनिएको अस्पताल त्रिवि शिक्षण अस्पताललाई नै यसबारेमा जानकारी नभएको बताइएको छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले आफूलाई यसबारेमा कुनै जानकारी नआएको र मिडियाबाट बल्ल आफूले थाहा पाएको बताएका छन् ।

खड्गाले यसबारे छलफलका लागि अस्पतालको आकस्मिक बैठक बोलाउने बताए । अहिलेसम्म कहाँ, कसरी प्रत्यारोपण गर्ने औपचारीक जानकारी नभएको उनको भनाई रहेको थियो ।

मिर्गौला त्रिवि शिक्षण अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने गरी तयारी गरिएको बुझिएकोे छ।