
काठमाडाैं, १९ फागुन । तिब्बतबाट लुक्दै भाग्दै नेपाल छिरेका एक युवकमा कोरोना संक्रमणको आशंका गरिएको छ । सिमकोट गाउँपालिका–३ लिमटाङका २७ वर्षीय युवक तिब्बतको ताक्लाकोटबाट भागेर हिल्सा हुँदै हुम्ला फर्कन लागेका उनि गम्भिर बिरामी परेका हुन् ।
ती युवक ताक्लाकोटबाट हिल्सा हुँदै पाँच हजार मिटर अग्लो नारालेकको हिउँ छिचोलेर घर फर्कने तयारीमा थिए । उनलाई नाम्खा गाउँपालिका–५ स्थित यारी क्षेत्रमा प्रहरीले बिरामी अवस्थामा फेला पारेको थियो । भागेर आएका उनलाई खोज्न चिनियाँ प्रहरी हिल्सासम्म आएको थियो ।
कोभिड–१९ को आशंकामा नाम्खा गाउँपालिका–५ मुचुका बासिन्दाले उनलाई स्थानीय स्वास्थ्यचौकीमा उपचार गर्न दिएका छैनन् । स्थानीयको अवरोधपछि उनको प्रहरी चौकीनजिकै उपचार भइरहेको छ ।











प्रतिक्रिया