८ मंसिर २०८३, मंगलबार

इन्जिनियरले कमाए एक वर्षमा साढे ३७ लाख

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १९ फागुन ।  अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले काठमाडौंं सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) विरुद्व अकुत सम्पत्ति आर्जनको आरोपमा मुद्वा दायर गरेको छ ।

इन्जिनियर सुवास बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ३७ लाख रुपैयाँ बिगोदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बस्नेतले एक वर्षको अवधिमा साढे ३७ लाख आर्जन गरेको भेटिएको अख्यियारले जनाएको छ । विभिन्न विकास निर्माणका काममा बस्नेतले घुस लिएको अख्तियारले दायर गरेको अभियोगपत्रमा जनाइएको छ ।