८ मंसिर २०८३, मंगलबार

गोकुल बाँस्कोटाले अडियोमा हामी भनेको को को हो ?- सभापति देउवा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन ।  आइतबारको प्रतिनिधसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोकुल बाँस्कोटाको ७० करोड कमिसन काण्डबारे प्रश्न उठाएका छन् ।

सभापति देउवाले अडियोमा बास्कोटाले हामीलाई कति कमिसन आउँछ भनेर सोधेकोमा हामी भनेको को को हो भन्दै प्रष्ट पार्न देउवाले माग गरेका छन् ।

देउवाले उक्त अडियो प्रकरणबारे छानबिन किन अगाडि बढ्न सकेन भन्दै प्रश्नसमेत गरेका छन् । सम्बन्धित निकायले छानबिन गर्नुअघि नै प्रधानमन्त्रीले अडियो नक्कली भनेकोमा समेत उनले आपत्ति जनाए ।

देउवाले भने, यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन? छानविन हुनुभन्दा पहिले नै तपाई‌ंले निर्णय दिनुभयो भने तपाईंको बोलीको विश्वसनीयता कमजोर भएन ?’। बास्कोटाको अडियो प्रकरणबाट ध्यान मोड्न नेपाल ट्रष्टको श्वेतपत्र ल्याएको देउवाको आरोप छ ।

आफ्नो संलग्नतामा मन्त्रिपरिषद्बाट नेपाल ट्रष्टको जग्गा जिलमा दिने कुनै निर्णय नभएको उनले बताए ।