८ मंसिर २०८३, मंगलबार

सिद्धार्थनगर नगरपालिकाले विपन्न परिवारको लागि घर बनाइदिने

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, १८  फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले विपन्न परिवारको लागि घर बनाइदिने भएको छ । मेयर विपन्न आवास कार्यक्रम अन्तर्गत नगरपालिकाले विपन्न परिवारका लागि घर निर्माण गरिदिने भएको हो ।

नगरपालिकालाई झुपडीघर मुक्त बनाउने उद्धेश्यले नगरपालिकाले घर निर्माण गर्न लागेको हो । चालू आर्थिक वर्षमा घर निर्माणका लागि प्रदेश सरकारले ५६ लाख बजेट निकासा गरेको छ भने बाँकी नगरपालिकाले १ करोड ५६ लाख बजेट छुट्याएको छ । नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीका अनुसार राम्रोसँग बस्ने घर नभएका विपन्न परिवार छनोट गरी घर निर्माण गरिँदैछ ।

नगरपालिका प्रमुख कार्यकारी अधिकृत तुल्सी मरासिनीले नगरपालिकाले हाल सम्म ४ वटा वडामा घर निर्माणको लागि निरिक्षण गरेको र केही दिनमै सम्पुर्ण वडाको सकेर घर निर्माणको काम सुरु गर्ने बताउनुभयो ।

पहिलो चरणमा यस आर्थिक बर्षमा ३२ वटा घर निर्माण हुनेछ । प्रत्येक घरको लागत ५ लाख ३४ हजार हुनेछ । घरमा २ कोठा एउटा भान्छा र बाथरुम रहने छ ।