
बैतडी, १८ फागुन । आइतबार बिहान बैतडीमा जीप दूर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाइते हुनेमा दार्चुलाको महाकाली नगरपालिकाका ४८ वर्षीय विष्णुदत्त भट्ट रहेको प्रहरीले जनाएको छ । धनगढीवाट दार्चुला जादैं गरेको बा १३ च ३१८० नम्बरको स्कारपियो महाकाली राजमार्ग अन्र्तगत बैतडीको दोगडाकेदार ५ ढिकगाडमा दुर्घटनामा परेको हो ।
जीप सडकबाट २० मिटर तल खसेको छ । घाइतेको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । जीप सडकवाट १५ मिटर तल खसेको छ । चालक निदाएकोले दुर्घटना भएको हुनसक्ने बैतडीले प्रहरीले जनाएको छ ।











प्रतिक्रिया