पाल्पा, १८ फागुन । पाल्पा जिल्लामा टिप्परकाे ठक्करबाट एकजनाकाे ज्यान गएकाे छ ।
माथागढी गाउँपालिका ५ मा शनिबार दिउँसो टिप्परले ठक्कर दिँदा स्कुटर चालक रुपन्देही देबदह नगरपालिका ६ का ४६ वर्षीय तुलसिङ सिङकिजाको ज्यान गएको हो ।
टिप्परकाे ठक्करबाट घाइते हुनुभएका सिङकिजाकाे उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
माथागढी बाट सुनवल जाँदै गरेको लु ४१ प १८९० नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २०३१ नम्बरको टिप्परले ठक्कर दिएको छ ।











प्रतिक्रिया